आज शुक्रबार सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनको मूल्य आज तोलाको ४ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य १५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८५ हजार ६०० रुपैयाँ रहेको थियो । त्यस्तै चाँदीको मूल्य आज १५० रुपैयाँले घटेर ४ हजार ६७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८२० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया
