आज सोमबार नेप्से ५.०१ अंकले बढ्यो
काठमाडौं । नेप्से परिसूचक आज सोमबार बढेको छ । नेप्से ५.०१ अंकले बढेर २९३६.५६ बिन्दुमा पुगेको हो । नेप्सेमा कुल ३४२ कम्पनीको ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १५ अर्ब ७८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६७ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यता, सनराइज फस्र्ट म्युचुअल फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया
