नेप्से ५४.५१ अंकले बढ्यो

काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३६४ कम्पनीको ६ करोड १४ लाख ७ हजार ७४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. २३ अर्ब ५९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ८५ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबारको बजारमा कर्पोरेटसहित ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता एनआईसी एशिया ब्यालेन्सड् फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर