मध्यपूर्वमा युद्ध : पेट्रोलमा १५ र डिजल, मट्टीतेलमा १० रुपैयाँ वृद्धि

काठमाडौं । मध्यपूर्व र पश्चिम एशियामा चर्किएको युद्धको भारतबाट ग्यासको मूल्य वृद्धि भएर आएको छ  । नेपाल आयल निगमलाई भारतले पठाएको नयाँ मूल्य सूची अनुसार मुल्य बढेर आएको हो ।

प्रति सिलिण्डर ग्यासको मूल्य अब एकैपटक २१६ वृद्धि भएर आएको हो । तर, नेपालमा भने पुरानै मुल्य कायम रहेको छ । विगतमा २४ अर्ब भुक्तानी बाँकी रहँदा आपूर्ति प्रणाली नै अस्तव्यस्त भएको थियो ।  निगमलाई अझै पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड घाटा नै रहने दाबी गरिएको छ ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजल मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य हिजो राति १२ बजेबाट लागू भएको निगमले जनाएको छ ।

निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर