नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य अंकको सुधार आएर  ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से २३.८७ अंकले बढेको थियो ।

आज आइतबार नेप्सेमा कुल १४ अर्ब ३२ करोड माथिको कारोबार भएको छ । बिहीबार भने नेप्सेमा कुल १३ अर्ब ९४ करोड रुपैयाँ माथिको कारोबार भएको थियो । कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर