आधा तौल (७.१ किलो) को सिलिण्डर बजारमा ल्याउने तयारी

काठमाडौं । मभ्यपूर्वमा अमेरिका, इजरायल र इरानबिच चर्किएको युद्धपछि संसारभर एलपिजी ग्यासको अभाव देखिन थालेपछि सरकारले आधा तौल (७.१ किलो) को सिलिण्डर बजारमा ल्याउने तयारी गरेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बस्ने बोर्ड बैठकबाट यो विषयमाथि निर्णय गर्नेछ । यसअघि पनि निगमले भारतीय नाकाबन्दीको समयमा उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर निगमले आधा तौलको ग्यास बिक्रीवितरण गरेको थियो ।

भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पर्याप्त परिमाणमा हालसम्म ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि त्यसको प्रभाव बजारमा परेको निगमको बुझाइ छ । अहिले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ । तर आधि तौलको सिलिण्डर बजारमा आयो भने त्यसको मूल्य ९५५ रुपैयाँ पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर