आज बुधबार पनि नेप्से ओरालोतर्फ
काठमाडौं । सेयर बजारमा आज बुधबार पनि (दोस्रो दिन) भारी गिरावट आएको छ। आज नेप्से परिसूचक ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा रोकिएको छ। बजारको घटबढसँगै कारोबार रकम पनि कम भएको छ।
आज ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। हिजो समान ३२९ कम्पनीका ५ करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
