आज मंगलबार सेयर बजारमा उच्च गिरावट
काठमाडौं । आज मंगलबार सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो दिन १६२ अंकले बढेर सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको बजारमा आज भने गिरावट देखिएको हो ।
आजको दुई घण्टाको कारोबार जारी रहँदा नेप्से परिसूचक ५७.३६ अंकले घटेर २८१८.३६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.९९ प्रतिशतले कम हो । कारोबार जारी रहँदा २०८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५० कम्पनीको बढेको छ । ३ वटा कम्पनीको सेयर मूल्य यो अवधिमा स्थिर रहेको छ ।

परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि देखिएको छ । आजको दुई घण्टाको अवधिमा साढे १४ अर्ब माथिको कारोबार भएको छ । यो अवधिमा सेयर बजारमा १४ अर्ब ६७ करोड ६८ लाख ९२ हजार ६० रुपैयाँको ३ करोड ६० लाख ४१ हजार ५६३ कित्ता सेयर खरिद बिक्री भएको छ ।