आज मंगलबार सुनमा ३८ सय र चाँदीमा ३१० रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। १० ग्राम सुनको मूल्य २ लाख ७१ हजार ७७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।
हिजो सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो भने १० ग्राम सुन २ लाख ६८ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार एकै दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ पुगेको छ भने १० ग्राम चाँदीको मूल्य ४ हजार ९०४ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँ र १० ग्राम ४ हजार ६३८ रुपैयाँ रहेको थियो। यसअनुसार चाँदी प्रतितोला ३१० रुपैयाँले बढेको महासंघले जनाएको छ।
