समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग ४० रुपैयाँ, चमसुर ४० रुपैयाँ, मेथीको साग ५० रुपैयाँ र हरियो प्याज ३० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बकूला प्रतिकिलो ३० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) ७० रुपैयाँ, च्याउ (डल्ले) २५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली २५ रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ४० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले २५० रुपैयाँ, सौफको साग ५० रुपैयाँ, पुदिना २०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।
यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) १८० रुपैयाँ, अंगुर (कालो) २८० रुपैयाँ, सुन्तला (भारतीय) १२० रुपैयाँ, तरबुजा (हरियो) ६० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ३० रुपैयाँ, काँक्रो (हाइब्रिड) ३० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १२० रुपैयाँ निर्धारण गरिएको छ ।
