आज सोमबार सेयर बजारमा उत्साह, सर्किट ब्रेकपछि पूरै दिनको कारोबार स्थगित
काठमाडौं । आज सोमबार सेयर बजारमा उत्साह छाएको छ । आजको उत्साहलाई रास्वपाको अभूतपूर्व चुनावी नतिजाको प्रभावको रूपमा विश्लेषण गरिएको छ । अर्थात् स्थायी सरकार निर्माण हुन लागेकाले सेयर बजारमा सकारात्मक लक्षण देखिएको हो ।
आज कारोबार खुलेको केही समयमा नै नेप्से चार प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेटका लागि बन्द भएको नेप्से फेरि खुल्नसाथ दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ । पहिलो सर्किट ब्रेक लागेर २० मिनेट कारोबार भन्द भएपछि खुलेको केही मिनेटमा नै नेप्से ५ प्रतिशत अर्थात् १३५.७२ अंकले बढेर २८४८.२२ बिन्दु पुगेको छ । यसबीचमा कुल २८ करोड ५१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लागेर कारोबार २० मिनेट कारोबार
स्थगित हुने गर्दछ । यसपछि, कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट कारोबार स्थगित हुन्छ ।कारोबार सुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित हुने व्यवस्था छ ।
