आज सोमबार सुनमा ३७ सय चाँदीमा ६५ रुपैयाँ घट्यो
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो । आज चाँदी मूल्य तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
