आज मंगलबार सुन तोलामा ८१ सय रुपैयाँ वृद्धि

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रति तोला तीन लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको हो। त्यस्तै, सुनको मूल्य प्रति दश ग्राम दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि आइतबार प्रतितोला तीन लाख २० हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य मंगलबार एकैपटक ८ हजार १ सय रुपैयाँले बढेको हो।महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँ तथा प्रति दश ग्राम ४ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रति तोला ५ हजार ९ सय ८५ रुपैयाँ थियो। सार्वजनिक बिदा परेकाले सोमबार भने सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर