आज सुनमा ३ हजार र चाँदीमा १२५ रुपैयाँ घट्यो

काठमाडौं । आज सोमबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा ३ हजारले र चाँदी १२५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख २ हजार ८०० तथा एक तोला चाँदीको मोल ४ हजार ८६० रुपैयाँ निर्धारण भएको छ ।  हिजो आइतबार बजार खुल्दा छापावाल सुन प्रति तोला ३ लाख ५ हजार ८०० र त्यति नै चाँदी ४ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर