आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज फागुन २ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७२ पैसा र बिक्रीदर १४५ रुपियाँ ३२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ९६ पैसा र बिक्रीदर १९७ रुपियाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपियाँ ०३ पैसा र बिक्रीदर १८८ रुपियाँ ८१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ०६ पैसा र बिक्रीदर १०२ रुपियाँ ४८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ २६ पैसा र बिक्रीदर १०६ रुपियाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ४९ पैसा र बिक्रीदर ११४ रुपियाँ ९६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९५ पैसा र बिक्रीदर २१ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७१ पैसा र बिक्रीदर ३९ रुपियाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६५ पैसा र बिक्रीदर चार रुपियाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ र बिक्रीदर १० रुपियाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ १६ पैसा र बिक्रीदर १६ रुपियाँ २३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९७ पैसा र बिक्रीदर २३ रुपियाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५१ पैसा र बिक्रीदर १८ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ २६ पैसा र बिक्रीदर ४७६ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपियाँ ९२ र बिक्रीदर ३७७ रुपियाँ ४८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर