आज सुन तोलमा ९ सय बढ्दा चाँदीमा घट्यो

काठमाडौं । नेपाली बजारमा आज मंगलबार (माघ २७ गते) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

आजको मूल्य प्रतितोला तीन लाख पाँच हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार (माघ २६) मा सुनको मूल्य प्रतितोला तीन लाख चार हजार ६०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन भने पाँच हजार २५० रुपैयाँ रहेको सुन आज पाँच हजार २४० रुपैयाँ तोकिएको छ । तोलामा १० रुपैयाँले घटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर