आज आइतबार सुन तोलामा साढे नौहजार वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार (माघ २५) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रति तोला साढे नौ हजार रुपैयाँले बढेको हो ।

आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ९७२ रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चार हजार ३८ रुपैयाँ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर