आज सोमबार सुन तोलामा १३ हजार ४ सय रुपैयाँ घट्यो

काठमाडौं ।  नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबार सुन प्रतितोला तीन लाख रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला  ५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर