आज सोमबार सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ !

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा कायम भएको हो ।

नेपाल सुुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर