आज आइतबार सुनमा ६ सय र चाँदीमा २० रुपैयाँ वृद्धि

काठमाडौं । आज आइतबार अस्ति शुक्रबारको तुलनामा सुन प्रति तोलामा ६ सय रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ७७ हजार ८०० कायम भएको छ । अस्ति शुक्रबार दुई लाख ७७ हजार २०० मा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रति तोला पाँच हजार ६२५ निर्धारण भएको छ । अस्ति शुक्रबार पाँच हजार ६४५ मा कारोबार भएको थियो । आज आइतबार  चाँदी प्रति तोलामा २० रुपैयाँ वृद्धि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर