आज शुक्रबार सुनमा २१ सय रुपैयाँ वृद्धि
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ६५ हजार ७०० रुपैयाँ र चाँदी ४ हजार ८३५ रुपैयाँ कायम भएको थियो ।
प्रतिक्रिया
