आज मंगलबार सुनमा ३१ सय र चाँदीमा १९५ रुपैयाँ वृद्धि
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सोही सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १९५ रुपैयाँले बढेको छ । यससँगै सोमबार प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
