सुन मूल्य घट्यो, चाँदी नयाँ कीर्तिमानमा
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।
यता, चाँदीको मूल्यले भने नयाँ कीर्तिमान बनाएको छ। आज चाँदी प्रतितोला ६० रुपैयाँले बढ्दै ४ हजार ८९५ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया
