सुनचाँदीको मूल्य दिन प्रतिदिन नयाँ उचाइ नाप्दै

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज छापावाल सुन प्रति तोला दुई लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ। यसअघि गत शुक्रबार प्रति तोला दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज आइतबार चाँदीको मूल्य पनि बढेको छ। अस्ति शुक्रबार तोलामा चार हजार पाँच सय ६५ रुपैयाँ पुगेको चाँदी आज चार हजार आठ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। आजको यो मूल्य शुक्रबारको तुलनामा प्रति तोला दुई सय ७० रुपैयाँ बढेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर