आज सामान्य अंकले बढ्यो नेप्से
काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २२ करोड ४६ लाखको सेयर कारोबार भएको छ । आज १११ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एसवाई प्यानलको सर्वाधिक १४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १२ करोड ७९ लाख रुपैयाँ र तेस्रोमा तेह्रथुम पावरको ९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सर्वाधिक ५.३२ प्रतिशतका दरले कमाएका छन् । यस्तै, नेशनल हाइड्रोपावरका लगानीकर्ताले ४.२६ प्रतिशतका दरले कमाएका छन् । ग्रामिण विकास लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक ४.२३ प्रतिशतका दरले गुमाएका छन् ।
