आज बुधबार सुनमा ९ सय र चाँदीमा १६५ रुपैयाँ बढेर पुनः नयाँ रेकर्ड

काठमाडौं ।  नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज बुधबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।

यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँले बढेर तोलामा ४ हजार ४ सय २० रुपैयाँ कायम भएको हो । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर