सुनमा ५५ सय र चाँदीमा २० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन मूल्य प्रति तोला ५ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । सुनचाँदी दुबैको मूल्य बढेर आज नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रति तोला ४ हजार २ सय ५५ रुपैयाँ मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेकाले त्यसैको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर