आज बुधबार सुनको मूल्य सामान्य वृद्धि

काठमाडौं ।  नेपाली बजारमा आज बुधबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको तोलामा मूल्य दुई लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार चाँदीको मूल्य तोलामा १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर