आज मंगलबार दोहोरो अंकले बढ्यो नेप्से
काठमाडौं । आज मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढेको छ। नेप्से ०.७० प्रतिशतले बढेर २६१९.९९ विन्दुमा पुगेको छ। मंगलबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब ४४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ३ अर्ब २९ करोड रूपैयाँ पुगेको छ।
यस दिन ३२५ वटा धितोपत्रको ७८ लाख चार हजार ४५ कित्ता सेयर किनबेच भएको हो। यसदिन १८७ कम्पनीको सेयरमूल्य बढेको छ भने ६१ वटाको घटेको छ। यस्तै ११ कम्पनी स्थिर छन्। मंगलबार स्वस्तिक लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। कम्पनीको मूल्य दुई हजार ५५९ रूपैयाँ ७० पैसा पुगेको छ। यस्तै, नारायणी डेभलपमेन्ट बैंकको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ११९ रूपैयाँ ८० पैसा कायम भएको छ।
यसैगरी, स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४.१६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१५ रूपैयाँमा झरेको छ। मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३९८ रूपैयाँमा १९ करोड ८२ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा १.३० प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल लुम्बिनी विकास बैंक रहेको छ। उक्त कम्पनीको ४७१ रूपैयाँ ९० पैसामा १० करोड ३० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.०१ प्रतिशतले घटेको छ भने बाँकी १२ समूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ।
