नेपालमा १ सय भारु भन्दा माथिका नोटहरु चल्ने
काठमाडौं । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपालमा १ सय भारु भन्दा माथिका नोटहरु चलाउन दिने भएको छ । आरबीआईले भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमा लगाइएको प्रतिबन्ध हटाएको हो ।
भारतमा सन् २०१६ मा नोटबन्दी हुँदा २ हजार दरका नोट छापिएका थिए । सन् २०२३ देखि सो नोट समेत छापिन छोडेको छ । अहिले १ सय दर माथि ५ सय र १ हजार दरका भारतीय नोट चलनचल्तीमा छ । सूचनामा नेपाल आउँदा २५ हजार रुपैयाँसम्म भारतीय रुपैयाँ लिएर आउन पाउने उल्लेख गरिएको छ।
प्रतिक्रिया
