आज मंगलबार सुनमा ३ सय घट्यो भने चाँदीमा १० रुपैयाँ वृद्धि

काठमाडौं ।  अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले नेपाली बजारका सुनको मूल्य आज केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेर तोलामा तीन हजार ५४५ रुपैयाँ निर्धारण भएको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ मा कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर