एनपिएल : विराटनगरको लगातार दोस्रो जित
काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा विराटनगर किङ्सले ५ विकेटले जित हासिल गरेको छ। हिजो शनिबार भएको दोस्रो खेलमा विराटनगर किङ्सले १७.१ ओभरको खेलमा ५ विकेट गुमाउदै १३५ रनको लक्ष्य पूरा गरेको हो । काठमान्डूले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो। विराटनगर किङ्सले टस जितेर पहिले बलिङ् रोजेपछि काठमान्डूले ब्याटिङको निम्तो पाएको हो ।
खेलमा मोहम्मद अदिल आलमले २५ बलमा अविजित रहँदै ४८ तथा बेन चाल्सवर्थले ३३ बलमा ३२ रन बनाए । विराटनगरका मर्चेन्ट डे लाङ्गेले २ विकेट लिए । काठमाडौँले तेस्रो खेल खेलेको हो । पहिलो खेल जितेको काठमाडौँले त्यसपछिका दुवै खेल हारेको छ । आठ टिम सहभागी एनपीएलमा अहिलेसम्म सुदूरपश्चिम र विराटनगरले मात्र लगातार दुई खेल जितेका छन् । कर्णाली, लुम्बिनी र चितवनले एक खेलमा जित र एकमा हार बेहोरेका छन् । काठमाडौँले तीनमध्ये एक खेल जितेको छ भने दुई खेल हारेको छ । पोखराले दुवै खेल हारेको छ । जनकपुरले एक खेल हारेको छ ।
आज कर्णाली र लुम्बिनी तथा काठमाडौँ र विराटनगरबीच प्रतिस्पर्धा
काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ ।
लुम्बिनी दोस्रो जितको खोजीमा छ । उसले पहिलो खेलमा चितवन राइनोजलाई हराएको थियो । कर्णालीको पनि यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज विजयी हुन चाहन्छ ।
यस्तै, दोस्रो खेलमा दिउँसो ३ः३० बजे काठमाडौँ गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । करण केसीको कप्तानीमा रहेको काठमाडौँ तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएको काठमाडौँ दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो ।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्समाथि शानदार जित निकालेको थियो ।
