नेप्सेमा ४.९८ अंकको गिरावट

काठमाडौं ।  साताको चौथो कारोबार दिन नेप्से परिसूचक ४.९८ अंकले घटेर २५६१.०८ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३३८ कम्पनीको ८३ लाख ८८ हजार ३७३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोडको सेयर कारोबार भएको छ । आज ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज बरुण हाइड्रोको सर्वाधिक २७ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सहास उर्जा १९ करोड ६० लाख रुपैयाँ र तेस्रोमा राधी विद्युतको १५ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन माबिलुङ इनर्जी र दरमखोला हाइड्रोका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टीलरी, हिमस्टार र बुंगल हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले आज सर्वाधिक ६.०३ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर