आज सुन तोलामा ६९ सय र चाँदीमा १५० रुपैयाँ घट्यो
काठमाडौं । आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आज एकै दिन सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । अघिल्लो कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी तोलाको ३ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
