शेयर बजारमा आज पनि झिनो गिरावट

काठमाडौं । शेयर बजारमा आज पनि झिनो गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.८० अंकले घटेको हो । ०.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५६०.२९ अंकमा झरेको छ ।

समग्रमा बजार घटे पनि होटल, लगानी र ट्रेडिङ समूह क्रमशः १.६४, ०.१० र ०.५५ प्रतिशतले बढेका छन् । अरु बाँकी समूह भने राताम्मे भएको छ । आज ३२७ कम्पनीका ८६ लाख ४७ हजार ८ सय ८९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार २ सय ३६.३४ रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

विभिन्न ६ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । दरमखोला हाइड्रो, सागर डिस्टिलरी, बुंगल हाइड्रो, माबिलुङ इनर्जी, सिटी होटल र एनआईएमबि बैंकको डिबेञ्चरका लगानीकर्ताहरुले क्रमशः ९.९९, ९.९९, ९.९९, ९.९८, ९.९४ र ९.८७ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड ८८ लाख ८८ हजार ३ सय ३४.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । साताको पहिलो दिन हिजो आइतबार ३०.०२ अंकले बजार घट्दा ४ अर्ब ९० करोड ७६ लाख २४ हजार ३ सय २८.४० रुपियाँ बराबरको कारोबार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर