आज सोमबार सुनमा २९ सय र चाँदीमा ५० रुपैयाँ वृद्धि
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुन प्रति तोला २९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बढेको मूल्यसहित सुन प्रति तोला २ लाख ४१ हजार ५०० रुपैयाँ पगेको छ । हिजो आइतबार सुन तोलाको २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज सोमबार चाँदी प्रति तोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी तोलाको तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया
