आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५६ पैसा र बिक्रीदर १४२ रुपियाँ १६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपियाँ ६३ पैसा र बिक्रीदर १६३ रुपियाँ ३२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८५ रुपियाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७५ रुपियाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ ७० पैसा र बिक्रीदर ९२ रुपियाँ  ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ १७ पैसा र बिक्रीदर १०० रुपियाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपियाँ ३१ पैसा र बिक्रीदर १०८ रुपियाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २१ पैसा र बिक्रीदर नौ रुपियाँ२५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ८६ पैसा र बिक्रीदर १९ रुपियाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपियाँ  कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ३५ पैसा र बिक्रीदर चार रुपियाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ७७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपियाँ ८४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ७७ पैसा र बिक्रीदर १४ रुपियाँ ८३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ  ७८ पैसा र बिक्रीदर २१ रुपियाँ ८८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ २१ पैसा र बिक्रीदर १८ रुपियाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपियाँ ८४ पैसा र बिक्रीदर ४६२ रुपियाँ ७९ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपियाँ ५० पैसा र बिक्रीदर ३७७ रुपियाँ नौ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६९ रुपियाँ २३ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर