नेपाली बजारमा सुन र चाँदीको भाउ घट्ने क्रम जारी

काठमाडौं । आज बुधबार नेपाली बजारमा  सुनको भाउ प्रति तोला ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रति तोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ । त्यस्तै रेकर्ड मूल्यबाट सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउले प्रति तोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ । असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर