आज सुनमा १४ सय र चाँदीमा ४५ रुपैयाँ घट्यो
काठमाडौं । आज मंगलबारबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सोमबार आइतबारकै मूल्य स्थिर रहेकोमा आज प्रति तोला १४ सय रुपैयाँ भाउ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ३८ हजार ३ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार सुन तोलाको मूल्य २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज मंगलबार चाँदीको मूल्य तोलाको ३ हजार १५ रुपैयाँ तोकिएको छ । चाँदी प्रति तोला हिजो सोमबारको तुलनामा ४५ रुपैयाँ घटेको छ । हिजो सोमबार चाँदी तोलाको ३ हजार ६० रुपैयाँ थियो ।
प्रतिक्रिया
