आज शुक्रबार सुनमा २७ सय र चाँदीमा ६० रुपैयाँ वृद्धि
काठमाडौं । आज शुक्रबार सुनको मूल्य प्रति तोला दुई हजार सात सय रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रति तोला दुई लाख ३६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
