आज मंगलबार सुनमा २९ सय र चाँदीमा ६० रुपैयाँ घट्यो
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनदेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ।
गत आइतबार एकै दिन प्रति तोला ११ हजार ६ सयले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार फेरि तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो।
आज मंगलबार पनि प्रति तोला दुई हजार ९०० घटेपछि दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यसैगरी, आज मंगलबार चाँदी प्रति तोला ६० ले घटेर दुई हजार ९२० मा किनबेच हुनेछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा रहेको छ।
प्रतिक्रिया
