विदेशी विनिमय सञ्चिति बढ्यो, अमेरिकी डलर ९३ करोड

काठमाडौं ।  चालु आर्थिक बर्ष २०८२/८३ को भदौ मसान्तसम्ममा नेपालको चालु खाता १३० अर्ब ६९ करोड बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार अघिल्लो वर्षको भदौ मसान्तसम्म चालु खाता ५४ अर्ब ४१ करोड थियो। अमेरिकी डलरमा चालु खाता ९३ करोडले बचतमा रहेको छ, अघिल्लो वर्षको सोही अवधिमा ४१ करोड रहेको थियो।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब २० करोड रहेको छ, अघिल्लो वर्ष १ अर्ब २० करोड रुपैयाँ थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) १ अर्ब २७ करोड रुपैयाँ भित्रिएको छ, अघिल्लो वर्ष २ अर्ब ७१ करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ, अघिल्लो वर्ष १०१ अर्ब ७७ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति १ अर्ब १० करोड रुपैयाँले बढेको छ।

भदौ मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २८८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । जुन २०८२ असार मसान्तको २,६७७ अर्ब ६८ करोड रुपैयाँभन्दा ७.६ प्रतिशतले बढी हो। अमेरिकी डलरमा सञ्चिति २० अर्ब ४१ करोड रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकमा सञ्चिति २,५८२ अर्ब ३८ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा २९८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ।

उक्त सञ्चितिले १९.७ महिनाको वस्तु आयात र १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त क्षमता रहेको देखाउँछ। विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ४७.२ प्रतिशत, १३३.१ प्रतिशत, र ३६.६ प्रतिशत रहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर