आज मंगलबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

काठमाडौं । आज मंगलबार सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको मूल्य प्रति तोला २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ । हिजो सोमबार छापावाल सुन तोलाको २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर देखिएको हो ।

यसैगरी हिजो सोमबार चाँदी एक तोलाको ३ हजार २२० रुपैयाँ कायम भएकोमा आज मंगलबार मूल्य बढेर तोलाको ३ हजार ३ सय २५ रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर