यसपालि असर्फी र चाँदीका सिक्का वितरण बन्द

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार धनतेरसको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ । सुनचाँदीको मोल दैनिक मूल्यअनुसार फरक पर्नेछ ।

राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि मूल्य सार्वजनिक गरेको छ । महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार रुपैयाँ तय भएको छ । प्रतिव्यक्ति १ मात्रै वितरण गरिने भएको छ ।

यस्तै गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजारका दरले एक जनालाई १ संख्या मात्रै दिइने सूचनामा उल्लेख छ । खरिद गर्न आउँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन पनि आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर