एटीएमबाट २० हजार रुपैयाँ मात्र झिक्ने पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट नगद झिक्ने सीमा घटाएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै केन्द्रीय बैंकले नयाँ सीमा निर्धारण गरेको हो । अब डेबिट कार्डमार्फत एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न सकिनेछ । यसअघि यो सीमा २५ हजार रुपियाँ थियो।

त्यस्तै, प्रतिदिनको निकासी सीमा १ लाखबाट घटाएर ५० हजार रुपैयाँ र प्रति महिनाको सीमा ४ लाखबाट घटाएर ३ लाख रुपैयाँ तोकिएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई सुरक्षित र प्रभावकारी बनाउन उक्त व्यवस्था लागू गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर