एटिएमबाट एक दिनमा २५ हजार मात्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएममार्फत झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एकपटकमा अधिकतम २० हजार रुपैयाँ मात्र झिक्न सकिनेछ।

नयाँ व्यवस्थाअनुसार, एक दिनमा अधिकतम ५० हजार रुपैयाँ र एक महिनामा अधिकतम ३ लाख रुपैयाँसम्म मात्र निकाल्न मिल्नेछ। यसअगाडीसम्म एटीएमबाट एकपटकमा २५ हजार रुपैयाँ, एक दिनमा १ लाख रुपैयाँ र एक महिनामा ४ लाख रुपैयाँसम्म निकाल्न सकिने व्यवस्था रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर