आज शुक्रबार सुनमा ४२ सय रुपैयाँको गिरावट, चाँदीमा ६० रुपैयाँ वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रवार स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै सुनको मूल्य प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधवारको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले बढ्दै बिहीबार सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
निरन्तर वृद्धिपछि सुनको मूल्यमा उच्च अंकले करेक्सन आउँदा चाँदीको मूल्यमा भने उच्च अंककै वृद्धि भएको छ । आज चाँदी प्रतितोला ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ८५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार शुक्रवार कायम चाँदीको मूल्य हालसम्मकै उच्च मूल्य हो ।
स्थानीय बजारमा जस्तै अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा करेक्सन आएको छ भने चाँदीको मूल्य बढेको छ । मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंश ३ हजार ९७२ डलर छ भने चाँदी ४९.६० डलर छ ।
