सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै हालसम्म कै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्म कै उच्च हो । हिजो बुधवारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेको हो । बुधवार २ लाख ३८ हजार रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर