दिनप्रति दिन सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि पनि नयाँ रेकर्ड बनाएको छ । निरन्तर बढिरहेको सुनको मूल्य आज पनि तोलामा २ हजार ६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
