१३ वटा हाइड्रोपावरका १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द
काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो ।
ऊर्जा मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला हाइड्रोपावर, ८ मेगावाटको माइखोला क्यासकेड, २२ मेगावाटको माइखोला,जोगमाइखोला, तल्लो जोगमाई माइवेनी लगायतका हाइड्रोपावरको उत्पादन बन्द भएको हो । त्यस्तै पाँचथर इलाम र सिन्धुपाल्चोकका निर्माणाधीन हाइड्रोपावर पनि प्रभावित भएका छन् । निर्माणाधीन पाँच हाइड्रो पावरमध्ये चार वटाको उत्पादन डिले हुने मन्त्रालयले जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले पनि १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द भएको जनाएको छ । यस्तै निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका ५ वटा आयोजना बाढीले क्षति पुर्याएको इप्पानको भनाइ छ ।
